|

काठमाडौँ :हजुरबुवा र नातिको हत्या आरोपमा पश्चिम नवलपरासीका अजय धरिकार र चन्दन हरिजन पक्राउ परेका छन्।

शनिवार पक्राउ परेका उनीहरूमाथि आइतवार जिल्ला अदालत परासीबाट ज्यान सम्बन्धी कसुर मुद्दामा दिन ७ म्याद थप गरी अनुसन्धान भइरहेको छ।

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-३ मर्चहवाका ६५ वर्षीय यक्षलाल चमार र उनका ११ वर्षीय नाति गौचरणको सुतिरहेकै अवस्थामा फागुन १ गते राति हत्या गरिएको थियो।

घटनास्थलमा देब्रे हातमा लगाउने हाफ पन्जा फेला परेको थियो। त्यसकै आधारमा प्रहरी अनुसन्धानका क्रममा धरिकार र हरिजनको संलग्नतामा घटना भएको खुलासा भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रेशम बोहोराले जानकारी दिए।

एकान्तमा रहेको कच्ची घरमा बस्दै आएका बाजेनातिको धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो। अक्षयलाल चमारको हत्या गरेपछि सँगै सुतेका नाति गौचरणले देखेको र निजले आफूहरूलाई चिन्ने डरले नातिमाथि पनि आक्रमण गरेको आरोपीले बताएका छन्।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षक काजीकुमार आचार्यको नेतृत्वमा प्रहरी टोलीले घटनास्थलमा पुगी अनुसन्धान गरेको थियो।

अनुसन्धानका क्रममा हत्यामा प्रयोग भएको चक्कु भारतमा किनेको पुष्टि भएको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.