|

काठमाडौं : विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत नर्स चन्द्रिकाकुमारी दासको हत्यामा संलग्न शिवशंकर दास मृत भेटिएका छन्। 

चन्द्रिकाको हत्या गरेर फरार उनी आत्महत्या गरेको अवस्थामा मृत भेटिएका मोरङका डीएसपी रञ्जन दाहालले थाहा सञ्चार नेटवर्कलाई जानकारी दिए। उनको शव नोबेल साइन होटलमा झुण्डिएको अवस्था गएराति ९ बजे फेला परेको डीएसपी दाहालले बताए। 

शिवकंरले ‘चन्द्रिकाको हत्या गरेँ । अब म पनि आत्महत्या गर्छु’  भनेर दिदीलाई आइतबार दिउँसो फोन गरेको आधारमा सबै होटलमा खोजी गरिएको थियो। 

शिवशंकरले प्रेममा धोका पाएपछि चन्द्रिकाको हत्या गरी आफूले पनि आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ। नर्स चन्द्रिकाको विराटनगर–४ मा रहेको डेराको बाथरुममा शुक्रबार धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव भेटिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.