|

धनुषा : मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति डाक्टर अंकुर साहलाई पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। कुलपतिसमेत रहेका मुख्यमन्त्री सरोजकुमार यादवले उनलाई सोमबार पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन्।

सो अवसरमा मुख्यमन्त्री यादवले नव नियुक्त उपकुलपतिलाई गर्व गर्नेलायक काम गर्न निर्देशनसमेत दिए। स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र प्रसाद सिंहले डा साहको कार्यकाल अब्बल र सोचेभन्दा राम्रो होस् भनी शुभकामनासमेत व्यक्त गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.