|

काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज (सोमवार) सामान्य अंकले बढेको छ। आज नेप्से ३ दशमलव २७ अंकले बढेर २ हजार ७३ दशमलव ५३ को बिन्दुमा कायम भएको छ।

आज ३०३ कम्पनीको ७४ लाख ५९ हजार ४२४ कित्ता शेयर ५३ हजार २५६ पटक खरिदबिक्री हुँदा २ अर्ब ८८ करोड ५६ लाख ३७ हजार ८१८ रुपैयाँ बराबरको कारोबार भएको छ।

बैंकिङ समूह शून्य दशमलव ०३, लगानी समूह शून्य दशमलव ४६, उत्पादन तथा प्रशोधन शून्य दशमलव ८२ र निर्जीवन बीमा समूह शून्य दशमलव १० प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ। 

सबैभन्दा धेरै विकास बैंक समूह १ दशमलव ३० र वित्त समूह १ दशमलव ०८ प्रतिशतले बढेको छ।

गुर्खाज फाइनान्स लिमिटेड, सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड, पिपुल्स पावर लिमिटेड र धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

सबैभन्दा धेरै घट्नेमा भने मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ५ दशमलव १५ प्रतिशतले घटेको छ।

कारोबार रकममा आधारमा गुर्खाज फाइनान्स लिमिटेडको २३ करोड १४ लाख ५८ हजार ७७ रुपैयाँ बराबरको कारोबार भएको छ। 

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको ६ लाख ४२ हजार ५९१ कित्ता शेयर किनबेच भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.