|

काठमाडौँ :  स्वास्थ्य अवस्था ठिक नभएका कारण सुन प्रकरणमा समातिएका माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई अस्पतालमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले आदेश गरेको छ।

आज (सोमवार) सुन प्रकरणमा अनुसन्धान गर्न ४ दिनको म्याद दिएको अदालतले महराको मागअनुसार नै अस्पतालमा राखेर अनुसन्धान गर्न सिआइबीलाई भनेको हो। 

आफूले विभिन्न ८ प्रकारका औषधि खाँदै आएको र स्वास्थ्य अवस्था ठीक नभएकाले अस्पतालमा बस्नुपर्ने आवश्यकता रहेको उनले अदालतमा बताएपछि अदालतले उक्त आदेश दिएको हो। उनलाई नर्भिकमा राखेर उपचार गरिने सिआइबीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.