|

काठमाडौं : नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेको विषयमा छलफल भएको छ।

आज बिहान बसेको पदाधिकारी बैठकमा महराको विषयमा ठोस निर्णय हुन बाँकी रहेको  प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन्।

छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले उपाध्यक्ष महरा पक्राउ पर्नुभएको विषयमा पदाधिकारी बैठकमा छलफल भएको र पार्टीले पुनः बैठक बसेर निर्णय गर्ने बताए।  सुन प्रकरणमा सोमवार भैरहवाबाट उपाध्यक्ष महरालाई प्रहरीले पक्राउ गरेको थियो। काठमाडौं जिल्ला अदालतले महरालाई ४ दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति समेत दिइसकेको छ।

आज प्रधानमन्त्री प्रचण्ड संसदमा प्रश्नोत्तर कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले विस्तृतमा छलफल हुन नपाएको भन्दै सापकोटाले अर्को बैठकले यसबारे निर्णय लिने बताए। बैठकमा महरालाई जिम्मेवारीविहीन बनाउने या कसरी जाने भन्नेबारे छलफल केन्द्रित रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.