|

काठमाडौँ : सर्वोच्च अदालतले दुर्गा प्रसाईंको झापास्थित बी एण्डसी मेडिकल कलेजको विषयमा दायर मुद्दाको फैसला चैत १२ गते गर्ने भएको छ। 

मंगलबार न्यायाधीश कुमार चुडाल र शारंगा सुवेदीको इजलासले आज सुनुवाइ सके पनि निर्णय सुनाउने मिति भने चैत १२ गतेलाई तोकेको हो।  

झापाको प्रस्तावित बीएण्ड सी मेडिकल कलेजलाई चिकित्सा शिक्षा अध्यापन गराउन आशयपत्र दिएर पनि सम्बन्धन नदिएको भन्दै प्रसाईले २०७७ मा काठमाडौँ विश्वविद्यालय र चिकित्सा शिक्षा आयोग विरुद्ध रिट दायर गरेका थिए। सोही साल असोजमा पनि अर्को रिट दायर गरेका थिए।

रिट निवेदनको प्रतिवादमा शशीबिक्रम कार्कीले उक्त मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने भनी सर्वोच्चमा अर्काे रिट दिएका थिए। तीन वटै मुद्दा सर्वोच्चले एकैसाथ हेरेको थियो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.