|

चितवन : चितवनको रत्ननगर नगरपालिकास्थित एकता शिशु निकेतनको होस्टेलमा बस्ने छात्रा शालीन पोखरेलको आत्महत्या प्रकरणमा हिरासतमा रहेका स्कुलका प्रिन्सिपलसहित तीनजना धरौटीमा छुटेका छन्।

चितवन जिल्ला अदालतका न्यायाधीश रमेशप्रसाद ज्ञवालीको इजलासले शालीन मृत्यु प्रकरणमा पक्राउ परेका विद्यालयका प्रधानाध्यापक बालहरि देवकोटा तीन लाख, सहायक प्रधानाध्यापक किरणबहादुर अधिकारी र छात्राबासका वार्डेन कमलप्रसाद शर्मालाई पाँच/पाँच लाख धरौटीमा छाड्न आदेश दिएको हो।

गएको आइतवार जिल्ला सरकारी वकिलको कार्यालयले उनीहरुमाथि आत्महत्या दुरुत्साहनको अभियोग लगाएर जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गरेको थियो।

गत फागुन १२ गते विद्यालयको होस्टलमा मृत भेटिएकी शालीनका बाबु दीपेन्द्र पोखरेलले हत्या अभियोगमा जाहेरी दिए पनि प्रमाण नपुगेपछि दुरुत्साहन मुद्दा दर्ता भएको थियो। किटानी जाहेरी परेपछि उनीहरुलाई फागुन १५ गते प्रहरीले पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.