|

राष्ट्रसंघले सन् २०२४ मा पृथ्वीको तापक्रम थप वृद्धि हुने चेतावनी दिएको छ।

राष्ट्रसंघको विश्व मौसम विज्ञान संठन (डब्ल्यूएमओ) को प्रारम्भिक प्रतिवेदनमा प्रतिक्रिया दिँदै राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पृथ्वी संकटमा रहेको बताए। ‘पृथ्वी संकटमा छ, जीवाश्म इन्धन प्रदूषणले जलवायु अराजतकता निम्त्याउँदैछ। यसले गर्दा द्रुत गतिमा परिवर्तन भइरहेको छ’, भिडियोमार्फत उनले चेतावनी दिए।

डब्ल्यूएमओका अनुसार गत वर्षको औसत तापमान १.४५ डिग्री सेल्सियस थियो । हामी पेरिस सम्झौताको १.५डिग्री सेल्सियसको यति नजिक कहिल्यै थिएनौँ। २०२३ ले प्रत्येक जलवायु सूचकका लागि नयाँ रेकर्ड बनायो’, डब्ल्यूएमओ प्रमुख सेलेस्टे साउलोले भने, ‘हामीले २०२३ मा विशेषगरी अभूतपूर्व समुद्रको तातोपन र समुद्री बरफको कमीको अनुभूति गर्‍यौँ। यो नै समस्याको विशेष कारण हो।’
 
डब्ल्यूएमओको केन्द्रीय कार्यालय रहेको स्विट्जरल्याण्डले विगत दुई वर्षमा आफ्नो अल्पाइन हिमनदीको १० प्रतिशत मात्रा गुमाएको छ। अन्टार्कटिक समुद्रमा पनि बरफको मात्रा सबैभन्दा कम रेकर्ड भएको थियो।

जलवायु परिवर्तनले बाढी, पहिरो, जैविक विविधतामा क्षति, खाद्य असुरक्षाजस्ता चरम मौसमी समस्या निम्तिरहेका छन्। विश्वभर खाद्य असुरक्षित मानिसको सङ्ख्या दोब्बरले बढ्दै गइरहेको छ, यो सङ्ख्या कोभिड–१९ अघि १४ करोड १९ लाख थियो भने सन् २०२३ को अन्त्यमा ३३ करोड ३० लाख पुगेको डब्ल्यूएमओले जनाएको छ।

डब्ल्युएमओले बढ्दै गरेको नवीकरणीय ऊर्जा उत्पादनलाई भने आशाको किरणका रूपमा प्रस्तुत गरेको छ । सन् २०२२ को तुलनामा गत वर्ष नवीकरणीय ऊर्जा उत्पादन क्षमता– विशेषतः सौर्य, वायु र जलविद्युतमा ५० प्रतिशतले वृद्धि भएको थियो । 

‘अझै पनि संटबाट बच्न सक्ने समय रहेको महासचिव गुटेरेसले बताए। ‘हामीसँग अझै पनि पृथ्वीको तापक्रम वृद्धि १.५ सेल्सियसभन्दा कम राख्ने र जलवायु परिवर्तनको समस्याबाट बच्ने समय छ’, उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.