|

विराटनगर : मोरङको बेलबारी नगरपालिका-१ मा एक वृद्धले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन्।

बुधबार बिहानका राति १ः४० बजेतिर  बेलबारी १ का ६० वर्षीय बमबहादुर लिम्बूले धारिलो हतियार प्रहार गरी श्रीमती ४५ वर्षीया गीता लिम्बूको हत्या गरेको प्रहरीले जनाएको छ।

गीताको टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेको र  उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। लगत्तै बमबहादुर आफूले सोही हतियारले घाँटी रेटेका थिए। गम्भीर घाइते अवस्थामा बमबहादुरलाई फेला पारी  उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगेको थियो। बिहान ३ः२० बजेतिर उनको मृत्यु भएको  प्रहरीले जनाएको छ ।

लिम्बू दम्पती बेलबारी–१ भेडा टोलस्थित निर्मला राईको घरमा ४ वर्षदेखि डेरामा बस्दै आएको प्रहरीले जनाएको छ। हत्या र आत्महत्याको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.