|
अल जजिरा

गाजा यतिखेर युद्धको चपेटामा छ। इजरायलले लगातार आक्रमण गर्दा गाजाध्वस्त भइसकेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

यतातिर इजरायलको लगातारको आक्रमणले गाजावासीहरू शरणार्थी जीवन भोगीरहेका छन्। उनीहरूसँग पर्याप्त खाना नहुँदा अवस्था थप जटिल बनेको छ।

संयुक्त राष्ट्रसङ्घले गाजामा कम्तीमा पाँच लाख ७६ हजार मानिस भोकमरीको चपेटामा पर्नबाट अब एक पाइला मात्रा टाढा रहेको चेतावनी दिएको छ।

हमासका बन्दुकधारीले गत अक्टोबर ७ तारिखमा इजरेलमा आक्रमण गरेर करिब १ हजार २ सयजनालाई मारेपछि र २५३ जनालाई बन्धक बनाएर लगेपछि गाजा युद्ध शुरू भएको थियो।

त्यसयता इजरायलले गाजामा क्रुर  हमला गर्दा ३१ हजार १८० जनाभन्दा बढी गाजावासीहरूको अकालमा ज्यान गएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.