|

विराटनगर :  रिक्त रहेको कोशी प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा विन्दीया कार्कीलाई  नियुक्त गर्ने प्रदेश सरकारले निर्णय  गतेको  छ। यस्तै,  सदस्यमा मदन खड्का र गौरीमान राईलाई नियुक्त गर्ने निर्णय भएको प्रदेश सरकारका स्वास्थ मन्त्री प्रदीप सुनुवारले  जानकारी दिए।

कोशी प्रदेश मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले प्रत्येक जिल्लाका उत्कृष्ट महिला उद्यमीलाई सम्मान गर्ने निर्णय समेत गरेको छ।

१४ वटै जिल्लाका १-१ जना उत्कृष्ट महिला उद्यमीलाई पुरस्कृत गर्ने निर्णय भएको स्वास्थ्यमन्त्री सुनुवारले बताए। प्रदेश सभाका २ जना सदस्यलाई कूटनीतिक राहदानीका लागि सिफारिस गर्ने, संघीय सरकारको सहमतिमा प्रदेश सरकारबाट प्रहरी चौकीहरू निर्माणका लागि बजेट दिने स्वीकृति प्रदान गरेको छ।

 यस्तै, प्रदेश सरकारले २०८१ सालमा ५ दिन सार्वजनिक बिदा दिने मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको उनले बताएका हुन्। आर्थिक मामिला तथा योजना मन्त्रालयको वित्तीय समानीकरण अनुदान निर्धारण गरी बाँडफाँड गर्ने, बेरुजु न्यूनीकरण तथा फर्स्योटसम्बन्धी कार्यविधि २०८० स्वीकृत गर्ने निर्णय गरेको छ। सामाजिक विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयमा विकास साझेदार पोर्टल ‘डिपी पोर्टल’ प्रयोगमा ल्याउने निर्णय भएको मन्त्री सुनुवारले बताएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.