|
फाइल फोटो

काठमाडौं : सरकारले मिटरब्याजसम्बन्धी जाँचबुझका लागि नयाँ आयोग गठन गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश तेजबहादुर कार्कीको नेतृत्वमा मिटरब्याजसम्बन्धी जाँचबुझ आयोग गठन गरेको हो।

गृह मन्त्रालयको प्रस्तावमा गठित आयोगमा पूर्व एआइजी पुस्कर कार्की र सञ्जिव मिश्र सदस्य रहेका छन्।

सरकारले यसअघि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग बनाएको थियो । त्यस आयोगले ५ हजारभन्दा बढी मिटरब्याजसम्बन्धी लेनदेन टुंग्याए पनि पीडितहरू पैदल हिँडेर काठमाडौं आएपछि सरकारले नयाँ आयोग बनाउने सहमति गरेको थियो ।

यसैबीच सरकारले राष्ट्रिय भूमि आयोग विघटन गर्ने निर्णय गरेको छ। सत्ता समीकरण फेरबदलसँगै आयोग नयाँ बन्ने गरेको छ।

बैठकले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत उपभोग गर्ने ग्राहकहरूको महसुलसम्बन्धी विवाद निरुपण गर्न रायसहित सरकारलाई प्रतिवेदन बुझाउन गठित जाँचबुझ आयोगको म्याद १५ दिन थप गर्ने निर्णय गरेको छ। अब आयोगको म्याद चैत २५ गतेसम्म रहनेछ।

हेर्नुहोस् मन्त्रिपरिषद्को निर्णय

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.