|

इलाम : इलाममा आगामी इलाम साहित्य महोत्सव–२०८० हुने भएको छ।  इलाम नगर साहित्य, कला, संगीत प्रतिष्ठान र इलाम साहित्य समाजको आयोजनामा चैत १६ र १७ गते महोत्सव हुने भएको हो। महोत्सव उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले गर्नेछन्।

सूत्रवक्ता पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको हुनेछ। महोत्सवको पहिलो दिन ‘संघीयता : यस्तै वा कस्तो’  शीर्षकमा नवीना लामा, मिलन पाण्डे र डिल्लीराम सुवेदीबीच बहस हुनेछ। ‘कविता’ शीर्षकमा सोझो गाउँले, सुन्दर कुरूप र सुमिनाको बहस हुनेछ। ‘मिथकदेखि मिथकसम्म’ शीर्षकमा डा.अरुण गुप्तो र राजन मुकारुङ, ‘आख्यान  अन्तिम पात र नयाँ पालुवा’ शीर्षकमा नारायण ढकाल र बसन्त बस्नेतबीच बहस हुनेछ भने ‘पोइट्री इन मुभमेन्ट’मा राजा पुनियानीको प्रस्तुति रहनेछ।

‘बदलिँदो विश्व फेरिँदो स्थानीयता’ शीर्षकमा रोहेज खतिवडा, धर्मेन्द्र नेम्बाङ र रञ्जित तामाङबीच बहस हुनेछ। ‘चारखोलको रंगमञ्च’मा सुरेश पोर्तेल र चेतन आङ्थुपोबीच बहस हुनेछ। ‘कविताको स्वर’ शीर्षकमा गद्य कवितावाचन रहेको छ। यस चरणमा वाचन हुने कवितामा डा. तुलसी गौतमले टिप्पणी गर्नेछन्।

‘छन्द सुगन्ध’ शीर्षकमा कवितावाचन पनि यसै दिन हुनेछ। दोश्रो दिन चैत्र १७ गते ‘संरक्षण र पर्यापर्यटनका कुरा’ शीर्षकमा सोनाम भुटिया र दीपेन्द्र कर्णबीच संवाद हुनेछ। ‘मातृभाषाको सकस’ शीर्षकमा सुरेश किरण, चन्द्रकिशोर र गौरी तमुबीच बहस हुनेछ।

प्रा.अभि सुवेदीसँग ‘उमेरको कथा’ विषयमा दीपक सापकोटाले कुराकानी गर्दा ‘सिनेमा’ शीर्षकमा केकी अधिकारी, मीन भाम र रामबाबु गुरुङबीच बहस हुनेछ। ‘अक्षर मोह : अक्षर यात्रा’ शीर्षकमा शैलेन्द्र अधिकारी, शंकर तिवारी र टीका आत्रेयबीच कुराकानी हुनेछ। ‘सीमा, साहित्य र संस्कृति’ शीर्षकमा डा.कविता लामा, गणेश खनियाँ र दीपक लुङ्गेलीले बहस गर्नेछन्। ‘प्रतिरोधी साहित्य’ शीर्षकमा डा.ज्ञानेन्द्र खतिवडा, विक्रम हथवार (कर्नाटक) र डा.अस्मिता विष्टबीच बहस हुनेछ।

‘कस्तो राजनीति’ शीर्षकमा डा.सिके राउत, प्रदीप ज्ञवाली र विश्वप्रकाश शर्माबीच बहस हुनेछ। गजल साँझसँगै महोत्सव समापन हुने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.