|
फाइल तस्वीर

फुङ्लिङ : ताप्लेजुङमा फागुन महिनायता डढेलोका कारणले १६ घर जलेर नष्ट भएका छन्। सुख्खा मौसमसँगै वनमा लागेको डढेलो तथा अन्य कारणबाट आगलागी हुँदा १६ घर जलेर नष्ट भएका हुन्।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार फागुनदेखि चैत १० गतेसम्ममा वनमा लागेको डढेलोबाट १२ र अन्य कारणबाट ४ घर जलेर नष्ट भएका छन्।

वनमा लागेको डढेलोका कारण चैतको पहिलो सातामात्रै ११ घर जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। अन्य कारणबाट चैतमा एउटा घर जलेको छ।

फागुनमा डढेलोले १ र विद्युत् सर्ट भएर सल्केको आगोले ३ घर नष्ट भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीले जानकारी दिए। उनका अनुसार डढेलो र अन्य कारणले शुरु भएको आगोले १८ दर्जन घर जलेका छन्।

प्रहरी निरीक्षक लुङ्गेलीका अनुसार घरसँगै नजिक रहेका पशुचौपायाका गोठ तथा ग्वालीसमेत जलेका छन् भने केही पशुचौपाया पनि जलेका छन्।

फागुनयता विभिन्न क्षेत्रमा गरी करिब एकदर्जन ठाउँका वनमा डढेलो लागेको डिभिजन वन कार्यालय ताप्लेजुङले जनाएको छ।

राष्ट्रिय तथा सामुदायिक वनमा लागेको डढेलोका कारण रुख, बोट, बिरुवा तथा बहुमूल्य जडीबुटी र वनस्पतिमा क्षति पुगेको वन कार्यालयले जनाएको छ। 

फागुनदेखि चैत पहिलो सातासम्ममा करिब ८ सयदेखि १ हजार हेक्टर क्षेत्रफल बराबरको वन जङ्गलमा डढेलो लागेको सामुदायिक वन उपभोक्ता महासङ्घ ताप्लेजुङका अध्यक्ष सुरज ओझाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.