|
फाइल तस्वीर

गाईघाट : फागु खेलिसकेर सुनकोशीमा नुहाउन गएका उदयपुरको त्रियुगा नगरपालिका-१४ साउने बजारका तीनजना बालबालिका नदीमा बगेर बेपत्ता भएका छन्।

स्थानीय बासिन्दा गीता मगरका अनुसार साउने निवासी मोहनबहादुर मगरका १२ वर्षीय छोरा लोकबहादुर मगर, केदार मगरका ९ वर्षीय छोरा रिदम मगर र रुद्र पुलामी मगरकी १२ वर्षीया छोरी रेखा मगर सुनकोसीमा बेपत्ता भएका हुन्। 

आइतवार उनीहरुसँगै सुनकोशीमा डुबेका रुद्र पुलामी मगरका छोरा लोकचन्द्र मगर र हरिबहादुर मगरका छोरी प्रश्ना मगरलाई भने स्थानीयले जीवितै उद्धार गरेका छन्।

घटनाको जानकारी हुनासाथ प्रहरी चौकी साउनेबाट गएको प्रहरी टोलीले स्थानीयको सहयोगमा सुनकोशीमा बेपत्ता भएका बालबालिकाको खोजी कार्य गरिरहेको उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.