|

काठमाडौं : ललितपुरको ढोलाहिटीमा आइतबार राति दुई समूहबीच झडप हुँदा दुईजनाको मृत्यु भएको छ। प्रहरीका अनुसार झडपका क्रममा छुरी प्रहारबाट दुईजनाको ज्यान गएको हो।

सुनसरीको धरान घर भई ढोलाहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर घर भई खुमलटार बस्ने ३० वर्षीय​ पूजन राईको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) नरेश सुवेदीले जानकारी दिए।

घटना आइतबार राति १० बजेपछिको हो। एसपी​ सुवेदीका अनुसार राति ११ बजेतिर एकजनालाई सुमेरु र एकजनालाई पाटन अस्पताल लगिएपछि प्रहरीले घटनाबारे जानकारी पाएको हो। अस्पताल पुर्‍याउनेबित्तिकै चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए।

प्रहरीले घटनास्थलबाट एक थान छुरी र एउटा छुरीको बिँड बरामद गरेको छ। घटनामा संलग्न भएको आशंकामा प्रहरीले केहीलाई नियन्त्रणमा लिएको छ। ‘रातिको घटना भएकाले धेरै कुरा खुल्न बाँकी छ’, एसपी सुवेदीले भने, ‘घटनामा संलग्न भएको आशंकामा दर्जनभन्दा बढीलाई नियन्त्रणमा लिएका छौँ।’

दुवैको शव अहिले अस्पतालमै राखिएको छ।

फागुपर्व मनाउने क्रममा विवाद भएको प्रहरीको अनुमान छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.