|

काठमाडौं : काठमाडौंमा आजदेखि बागमती प्रदेशस्तरीय ललितकला प्रदर्शनी हुने भएको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा प्रदर्शनी हुन लागेको हो । 

प्रतिष्ठानको कार्यालय नक्सालमा हुने प्रदर्शनीमा २३० कलाकारका २५० भन्दा बढी कलाकृति समावेश हुने प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार थुम्केलीले जानकारी दिए। उनका अनुसार प्रादेशिक ललितकला प्रदर्शनी-२०८०’बाट छानिएका कलाकृतिलाई समेटेर आगामी जेठ १५ देखि ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१’ आयोजना गरिँदैछ । 

यसअघि काठमाडौंमा मात्रै राष्ट्रिय प्रदर्शनी हुँदै आएकोमा यो पटकदेखि प्रादेशिकरूपमा गर्न थालिएको हो। प्रतिष्ठानले कर्णाली, गण्डकी, सुदूरपश्चिम, लुम्बिनी, कोशी र मधेश प्रदेशमा प्रदेशस्तरीय प्रदर्शनी सम्पन्न गरिसकेको छ।

प्रदर्शनी यही चैत १६ गतेसम्म सञ्चालन हुनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.