|

काठमाडौं : भारतको मध्य प्रदेशको उज्जैनमा रहेको महाकाल मन्दिरको गर्भ गृहमा आगलागी हुँदा पुजारीसहित १३ जना घाइते भएका छन्। 

आज बिहान मन्दिरको गर्भगृहमा होलीका अवसरमा भस्म आरती गर्न गुलाल फाल्ने क्रममा आगलागी भएको हो। आरतीको क्रममा आगलागी हुँदा मुख्य पुजारी सञ्जय गुरुसहित पुजारी र मन्दिरका कर्मचारीसहित १३ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

उज्जैनका जिल्ला अधिकारी निरजकुमार सिंहले घटनाको पुष्टि गर्दै घाइतेलाई उज्जैनको जिल्ला अस्पताल लगिएको बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.