|

हेटौँडा : हेटौंडा उपमहानगरपालिका–१४ स्थित कालोपानीमा एक कृषकले व्यावसायिक रुपमा गरेको स्ट्रबेरी खेती यतिबेला लटरम्म फलेको छ। स्थानीय अर्जुन थिङ्ले एक वर्षअघि करिब ३ कठ्ठामा लगाएको स्ट्रबेरीले आम्दानीसमेत दिन थालेको छ।

लामो समयसम्म भारतमा बस्दै आएका थिङ् केही वर्षअघि मात्रै आफ्नो  गाउँ फर्केर कृषि क्रान्तिमा लागेको थिए। करिब ७० हजार लगानीमा गरेको स्ट्रबेरी खेतीबाट थिङ्ले गत वर्षमा डेढ लाख बराबरको स्ट्रबेरी बिक्री गरेको जानकारी दिए।

यस वर्ष पनि करिब दुई लाख रुपैयाँ बराबरको  स्ट्रबेरी बिक्री गर्ने थिङ्को लक्ष्य छ। उनले अहिले स्ट्रबेरी खेतीमा भविष्य सुनिश्चित देखेको बताए।

थिङ्ले स्ट्रबेरी खेतीमा राम्रो सम्भावना देखेपछि थप जग्गामा खेती गर्ने बताएका छन्। उनले उत्पादन गरेको स्ट्रबेरी प्रतिकिलोग्राम ४५० देखि ५०० मा बिक्री हुने गर्दछ। यो फल पिसाबसम्बन्धी रोग भएका बिरामीका लागि उपयोगी मानिन्छ। हिउँदमा फस्टाउने स्ट्रबेरीको वृद्धि विकासका लागि २२ देखि २५ डिग्री सेल्सियस दिनको र ७ देखि १३ डिग्री सेल्सियस रातको तापक्रम सबैभन्दा राम्रो मानिन्छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.