|

काठमाडौँ : सरकारले करको दरमा एकरुपता कायम गर्नका लागि आवश्यक अध्ययन गर्ने भएको छ।  प्रदेशहरुमा करको दरमा एकरुपता नभएको पाइएपछि त्यसलाई मिलाउनका लागि आवश्यक अध्ययन गर्न लागिएको हो। 

राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औँ बैठकपछि आज आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय योजना आयोगका प्रवक्ता यमलाल भुसालले सबै प्रदेशमा करको दरमा एकरुपता ल्याउन अध्ययन गरिने जानकारी दिए।

विकास समस्या समाधान समितिको बैठकले सवारी करमा एकरूपता ल्याउनका लागि छलफल गरेर उपयुक्त समाधानका उपाय खोजिने निर्णय भएको उनको भनाइ छ। 

“नेपालको संविधानले नै स्पष्ट कानुनी प्रबन्ध गरेको छ। प्रदेशले आवश्यक कानुन तर्जुमा गरी कार्यान्वयन गरिहेको छ। प्रदेशले कानुन बनाउँदा प्रदेश अनुसार फरक फरक सवारी कर कायम भएको छ। सो बारेमा छलफल भइरहेको  र एकरुपता  कायम गर्नुपर्ने आवश्यकता देखिएको छ” प्रवक्ता भुसालले भने।

यसैगरी बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधानका लागि कर्जा सूचना व्यवस्थापन केन्द्रलाई प्रभावकारी बनाउनेबारे आजको बैठकमा छलफल भएको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.