|

काठमाडौं : पोखरामा बस दुर्घटना हुँदा दुईजना घाइते भएका छन्। लेखनाथस्थित आरुपाटाबाट पोखराका लागि छुटेको ग१ख ८६८० नम्बरको बस पोखरा महानगरपालिका–२७ अर्चलेमा दुर्घटना भएको हो।

घाइते हुनेहरुमा बसका चालक टीकाराम बिक र सहचालक सालिकराम सुवेदी छन्। उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको कास्की प्रहरीका प्रवक्त प्रहरी नीरिक्षक सूर्यबहादुर रानाले जानकारी दिए।

बसमा अरू यात्रु नरहेको बुझिएको छ। दुर्घटना भएको बस बीच सडकमा ठाडै उभिएपछि उक्त तस्विर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.