|

काठमाडौँ : ओपनर ब्याट्सम्यान कुशल भुर्तेल १७ रन बनाएर आउट भएका छन्।

नेपालको पहिलो विकेटका रुपमा भुर्तेल आउट हुँदा नेपालको कुल स्कोर ५ ओभरमा २८ रन थियो।

२ छक्का प्रहार गरेका उनले तेजस पटेलको बललाई छक्का प्रहार गर्ने प्रयास गर्दा उनी क्याच आउट भए।

यसलगत्तै छैटौँ ओभरमा अर्का ओपनर आसिफ शेख पनि कुल १६ रन बनाएर बोल्ड भए। 

हेमांग पटेलको बलले उनको ब्याटको भित्री किनारा छुँदै स्टम्पको बेल्ज खसालेको थियो।

अहिले क्रिजमा कप्तान रोहित पौडेल र अनिल शाह ब्याटिङ गरिरहेका छन्।

 एसएमएस फ्रेन्डसिप कप टी–२० त्रिकोणीय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा गुजरातले पहिले ब्याटिङ गर्दै नेपाललाई जितका लागि ९९ रनको लक्ष्य दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.