|

हेटौँडा : बागमती प्रदेशका मुख्‍यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाउने भएका छन्। दिनभर प्रदेशसभामा देखा नपरेका नेकपा एसका सांसद रमा आले मगर हेटौंडा आउने भएपछि मुख्यमन्त्री ज्म्मकट्टेलले विश्वासको मत पाउने भएका हुन्।

यस्तै, मुख्‍यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको आजको १ बजेको प्रदेशसभा बैठक ४ बजेका लागि सारिएको छ।

नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्न ढकालका अनुसार सांसद आले मकवानपुरको भीमफेदी गाउँपालिका आइपुगिसकेको जानकारी प्राप्त भएको छ। आले बैठकमा उपस्थित हुने भएपछि मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत पाउने निश्चित भएको छ।

११० सदस्यीय रहेको बागमती प्रदेशसभामा सरकारको निरन्तरका लागि ५६ सांसदको समर्थन चाहिन्छ। सत्तारूढ दलहरू माओवादी केन्द्रका २१, एमालेका २७, एकीकृत समाजवादीका ७, हाम्रो नेपाली पार्टीका २ सांसद छन् भने विपक्षी दलमध्ये कांग्रेस ३७, राप्रपा १३ सभामुखसहित र नेमकिपाका ३ सांसद छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.