|

हेटौँडा : नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले लात्तले हान्नेजस्ता कुराहरु गरेर सत्तारुढ दलका शीर्ष नेताहरुले आफूलाई अमर्यादित शैलीमा प्रस्तुत गरिरहेको आरोप लगाएका छन्। 

प्रदेशसभाको बैठकमा निवर्तमान उद्योग‚ वाणिज्य तथा भूमि व्यवस्थामन्त्रीसमेत रहेका चित्रकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै नयाँ सरकार निर्माण हुँदै गर्दा शीर्ष नेताहरुले नै आफूलाई यसरी अमर्यादित शैलीमा प्रस्तुत गरिरहेको आरोप लगाएका हुन्।

‘नयाँ सरकार निर्माण हुँदै गर्दा जनता धेरै खुशी हुने अवस्था देखिएको छैन। उथलपुथल गर्नेदेखि लात्तिले हान्नेजस्ता कुराहरु राजनीतिक दलका शीर्ष नेताले नै त्यो ढंगबाट आफूलाई प्रस्तुत गरिरहेका छन्‚’ उनले भने , ‘यो विषयमा राजनीतिलाई ठिक रुपमा अगाडि बढाउन यस्ता कुराले मद्दत गर्दैन।’

उनले राजनीतिक स्थायित्व शासन प्रणालीमा जरुरी रहेको भन्दै सबै राजनीतिक पार्टीले गम्भिरतापूर्वक आत्मसमीक्षा गरेर काम गर्न आवश्यक रहेको बताएका छन्। 

चित्रकारले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई कांग्रेसले विश्वासको मत नदिने भन्दै प्रदेशसभामा रचनात्मक प्रतिपक्षीको जिम्मवारी निर्वाह गर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.