|

भारतको राउज एभेन्यू अदालतले दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाललाई अप्रिल १५ सम्मका लागि न्यायिक हिरासतमा राख्न अनुमति दिएको छ। 

गिरफ्तार व्यक्तिले आम आदमी पार्टी (आप)का अन्य सदस्यविरुद्ध झुटो प्रमाण दिएको भन्दै प्रवर्तन निर्देशालयले केजरीवाललाई न्यायिक हिरासतमा पठाउन माग गरेको हो।

केजरीवालले राजनीतिक ममिला समितिका समेत सदस्य रहेका एनडी गुप्ता पार्टीका आन्तरिक मामिलाबारे जानकार रहेको बताएका थिए। तरगुप्ताले बयानका क्रममा पार्टीभित्रका सबै निर्णय संयोजकले गर्ने बताएपछि केजरीवालले पार्टीका कोषाध्यक्ष अन्योलमा परेको बताए। केजरीवालको बयानका आधारमा दिल्ली अदालतका विशेष न्यायाधीश कावेरी बावेजाले म्याद थपको निर्णय सुनाएका हुन्। 

केजरीवाललाई अन्तःशुल्क नीति मुद्दामा प्रवर्तन निर्देशनालयले मार्च २१ मा गिरफ्तार गरेको हो। अदालतको निर्देशनपश्चात उनलाई १० दिन ईडी हिरासतमा राखिएको थियो। इडीले अन्तःशुल्क नीति निर्माणमा केजरीवालको प्रत्यक्ष संलग्नता रहेको दाबी गरेको थियो।

‘अरविन्द केजरीवालको दिल्ली मदिरा प्रकरणमा पनि आन्तरिक संलग्नता रहेको छ, जसमा केही व्यक्तिलाई लाभ हुने गरी नीति निर्माण गरी लागू गरिएको थियो’, हिरासतको म्याद थपको माग गर्दै निर्देशनालयले भनेको छ। 

केजरीवाललाई इडीले भ्रष्टाचारको आरोपमा पक्राउ गरेको हो। स्वतन्त्र भारतमा वहालवाला मुख्यमन्त्री पक्राउ परेको यो पहिलो पटक हो। निर्देशनालयले जारी गरेको नौवटा समाह्वानलाई गैरकानूनी भनी बेवास्ता गरेपछि केजरीवाललाई गिरफ्तार गरिएको थियो।  

यो मुद्दा खारेज भइसकेको अन्तःशुल्क नीति २०२२ को तर्जुमा र कार्यान्वयनको अनियमितता र सम्पति शुद्धीकरणको आरोपसँग सम्बन्धित छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.