|

हेटौडा : बागमती प्रदेश सरकारमा एमालेका ४ जना मन्त्री थपिँदै छन् ।

प्रदेशसभा संसदीय दलका नेता जगन्नाथ थपलिया यसअघि आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भइसकेका छन्। मुख्यमन्त्री शालिकराम जम्कट्टेलले एमालेबाट थप चार मन्त्री नियुक्त गर्न लागेका हुन्।

​आजै दिउँसो ३ बजे उनीहरुको शपथ ग्रहण गराउने तयारी गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडाले जनाएको छ।

कार्यालयका अनुसार एमालेबाट एकालाल श्रेष्ठ, रामेश्वर श्रेष्ठ, केशव प्रसाद पोखरेल र प्रकाश श्रेष्ठ मन्त्री नियुक्त गर्ने मुख्यमन्त्री जम्कट्टेलको तयारी रहेको छ। गत २०७९ पुस २५ मा गठित सरकारमा पठाएका तीन जना मन्त्रीलाई पुनः जिम्मेवारी दिन लागेको एमाले स्रोतको भनाइ छ। थप एक जना पहिलोपटक मन्त्री बन्दै छन् ।

मुख्यमन्त्री जम्कट्टेलले प्रकाश श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, केशव पोखरेललाइ वन तथा वातावरण मन्त्रालय, एकालाल श्रेष्ठलाई खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय र रामेश्वर श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी तोक्ने तयारी गरेका छन् । सत्ता गठबन्धनबीच मन्त्रालय भागबन्डाको विषय भने मिल्न नसक्दा यससँगै बागमती प्रदेशमा मन्त्रीको सङ्ख्या १३ पुग्ने छ ।

प्रदेशमा कायम रहेको १२ मन्त्रालयमा एक विभागीयसहित १३ मन्त्री नियुक्त भएका छन् । सत्ता गठबन्धनमा भागबन्डा नमिल्दा सो अवस्था आएको हो । सत्ता गठबन्धनबाट मंगलबार (आज) बिहान मात्र एकीकृत समाजवादीबाट एक मन्त्रीले शपथ ग्रहण गरेका थिए ।

उनलाई मुख्यमन्त्री जम्कट्टेलले विना विभागीय मन्त्रीका रूपमा नियुक्त गरेका थिए । यसअघि १७ चैतमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भएका थिए भने चैत १५ मा हाम्रो नेपाली पार्टीबाट संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयमा शैलेन्द्रमान बज्राचार्य नियुक्त भएका थिए ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.