|

इजिप्टका राष्ट्रपति अब्देल फतह अल सिसीले तेस्रो कार्यकालका लागि शपथ लिएका छन्। एक दशकदेखि सत्तामा रहेका ६९ वर्षीय पूर्वसेना प्रमुख सिसी अब सन् २०३० सम्म मुलुकको प्रमुख बन्ने निश्चित भएको छ । 

उनले मुलुकको सिमानामा रहेका गाजा र सुडानमा भइरहेको युद्धका बीच बढ्दो तनावका बेला गम्भीर आर्थिक मन्दीसँग जुध्न अर्बौं नयाँ ऋण र लगानीका साथ कार्यकाल शरु गरेका हुन्। 

 संसद्समक्ष  आफ्नो उद्घाटन भाषणमा सिसीले ‘राष्ट्र निर्माणको मार्गमा अगाडि बढिरहने आफ्नो प्रतिज्ञा’ दोहोर्‍याए। र्नुभएको छ । संसदमा उनले भने, ‘आफ्नो कामप्रति बफादार रहने वाचा गरेँ, मेरो आँखाले तपाईं र यो मुलुकको हितलाई मात्र हेर्नेछ।’

इजिप्टले गहिरो आर्थिक संकट र उच्च मुद्रास्फीतिसँग लडिरहेको बेला उनले ‘आधुनिक, लोकतान्त्रिक राज्य बनाउनका लागि इजिप्टको आकांक्षा साकार बनाउने’ प्रतिज्ञा गरे। 

विपक्षी प्रतिद्वन्द्वीहरूलाई पाखा लगाएर वा कारागारमा पठाएपछि सिसीले डिसेम्बरमा ८९ प्रतिशतभन्दा धेरै मतका साथ निर्वाचन जितेका छन्। 

तत्कालीन राष्ट्रपति मोहम्मद मर्सीसन् २०१३ मा अपदस्थ भएपछि रक्षामन्त्री सिसी सत्तामा आएका थिए। सिसी सन् २०१४ र २०१८ मा पुनः राष्ट्रपतिमा निर्वाचित भए। दुवै पटक उनले करिब ९७ प्रतिशत मत हासिल गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.