|

गुल्मी : गुल्मीमा पनि विद्युतीय सवारीसाधन सञ्चालनमा आएका छन्। मैत्री यातायात प्रालि तम्घास गुल्मीले जिल्लामा १० वटा विद्युतीय गाडी सञ्चालनमा ल्याएको हो।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै भाडा बढ्ने समस्याको अत्य विद्युतीय गाडीले गर्ने अपेक्षा नागरिकको रहेको छ। विद्युतीय गाडीको बिहीवार एक कार्यक्रमबीच जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्णबहादुर खत्रीले शुभारम्भ गरे।

खत्रीले वातावरणमैत्री गाडी सञ्चालनमा ल्याएकोमा नागरिकलाई सहज सेवा दिन आग्रह गरे। विद्युतीय गाडी भित्रिएसँगै यात्रुलाई पनि भाडामा राहत हुने भएकाले स्तरीय सेवा प्रदान गर्नुपर्नेमा उनले जोड दिए। 

गुल्मी जिल्लाको ग्रामीण बस्ती सिमलटारीबाट पाल्पा, बुटवलसम्मका लागि छुट्ने गरि गाडी सञ्चालनमा आएको मैत्री यातायात्र प्रालिका अध्यक्ष शंकरप्रसाद गौतमले  जानकारी दिए। 

मैत्री यातायात प्रालिले एक महिनादेखि विद्युतीय गाडी परीक्षणका रुपमा सञ्चालन गरेर बिहीवारबाट औपचारिक रुपमा सञ्चालनमा आएको जनाएको छ। 

हरेक विद्युतीय गाडी १४ सिट क्षमताका रहेका छन्। तम्घासदेखि बुटवलसम्मको भाडा प्रतिव्यक्ति ५६५ रुपैयाँ कायम गरिएको गौतमले बताए।

विद्युतीय गाडीमा कायम गरिएको भाडा डिजेल गाडीको तुलनामा २५ प्रतिशतसम्म सस्तो रहेको मैत्री यातायात प्रालिले जनाएको छ। विद्युतीय गाडीको लागि मैत्री यातायात प्रालिले गुल्मीको तम्घास, रिडीमा चार्जिङ स्टेशन बनाएको छ। 

यातायातले सिमलटारीदेखि भारतको सुनौली बोर्डरसम्मको रुट परमिट पाएको छ। विद्युतीय गाडीमा सीसीटीभी, क्यामेरा, वाईफाई, जीपीएससमेत जडान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.