|

बैतडी : श्रीमतीको हत्या आरोपमा पक्राउ परेका बैतडीको डिलाशैनी गाउँपालिका–७ धामीगाउँका ६३ वर्षीय कृष्णसिंह धामी कारागार चलान भएका छन्।

बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक खेमविक्रम केसीले कोदालोले प्रहार गरी श्रीमतीको हत्या गरेका धामीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो।

गएको चैत ८ गते बिहान कोदालोले हिर्काएर धामीले आफ्नै श्रीमती ५६ वर्षीया पार्वती धामीको हत्या गरेका थिए। कर्तव्य ज्यान मुद्दामा प्रहरीले अनुसन्धान सकाएर धामीलाई सरकारी वकिलको कार्यालयमार्फत अदालतमा पेश गरेको थियो। 

श्रीमतीको हत्या गरेका धामीले उनकै घरमा डेरा गरेर बसेका डिलाशैनी गाउँपालिकाका कर्मचारी सुवास कलौनी र देवराज भट्टमाथि पनि आक्रमण गरेका थिए। 

धामीको कोदालो प्रहारबाट घाइते भएका कलौनी कोहलपुर मेडिकल कलेजमा उपचारपछि डिस्चार्ज भइसकेका छन् भने भट्टको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.