नेपाल-भारतबाट ग्रहण नदेखिने

|
सन् २०२२ को सूर्य ग्रहण (फाइल तस्वीर)।

आज (सोमवार) सूर्य र पृथ्वीको बीचबाट चन्द्रमा जाँदा सूर्यको प्रकाश पूर्ण रूपमा अवरुद्ध हुने हुँदा सूर्य ग्रहण लाग्नेछ। गुगलले आजको सूर्य ग्रहणलाई विशेष एनिमेशन मार्फत देखाउने भएको छ।

प्रयोगकर्ताहरूले गुगलमा ‘सूर्य ग्रहण’ टाइप गरे सूर्य ग्रहणलाई ग्राफिक दृष्यमा देख्न सकिनेछ। सूर्य ४ मिनेटका लागि पूरै ढाकिने र यसको बाहिरी तहमा उज्यालो रहनेछ।

तर आजको सूर्यग्रहण नेपाल, भारतलगायत एशियाली मुलुकहरूबाट देख्न सकिने छैन। 

कोलम्बिया, स्पेन, भेनेजुएला, आयरल्याण्ड, पोर्टल, आइसल्याण्ड, बेलायत र केही क्यारेबियाली देशहरूबाट खण्डग्रास (आंशिक) ग्रहण देखिनेछ।

अमेरिकी अन्तरिक्ष निकाय नेशनल एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) ले सूर्यग्रहणसम्बन्धी प्रत्यक्ष प्रशारण गर्ने र ५ बजे शुरु हुने प्रशारण करिब ३ घण्टा हुने जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.