|

हेटौंडा : बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले कर्मचारीहरूले अप्ठ्यारो स्थितिमा पनि काम गरिरहेको बताएका छन्।

मङ्गलबार खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय अन्तर्गतका निकायको आ.व. २०८०।०८१ को प्रगति समीक्षा गोष्ठी कार्यक्रममा बोल्दै उनले सङ्घीयता कार्यान्वयन कर्मचारीले सहयोग गरिरहेको र अझै साथ दिन निर्देशन दिए।

कामको चापसँगै नयाँ राज्य संरचनामा कार्यसम्पादन गर्नुपर्दा पनि कर्मचारीहरूको मेहनतले संघीयता दरिलो हुँदै गएको छ भने यसलाई दरिलो ढंगबाट संस्थागत गर्न आवश्यक रहेको उनको भनाइ थियो।

यस्तै आर्थिक २०८०।०८१ को बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिले संसद्‌बाट पास गरेका योजना तत्काल कार्यान्वयन गर्न निर्देशन दिए।

मन्त्री थपलियाले बहुवर्षीयलगायत सबै योजना समानुपातिक, समावेशी अनुपातमा विनियोजन गर्नुपर्ने भएकाले सहयोग गर्न पनि उनले आग्रह गरे।

यस्तै चालू आवमा सम्पन्न हुन नसक्ने योजना विवरण पठाउन समेत मन्त्री थपलियाले निर्देशन दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.