|

काठमाडौं : उत्तरी गाजामा इजरायलको हवाइ आक्रमणमा हमास प्रमुख इस्माइल हानियाहका तीन छोरा मारिएका छन्।

इजरायलले मुस्लिमहरूको ईद उल फित्रको छुट्टीमा घेराबन्दी गरिएको एन्क्लेभमा भएको बमबारीमा तीनजना मारिएका हुन्।​ हानियाले आफ्ना छोरा हाजेम, आमिर र मोहम्मदका साथै केही नातिनातिनाहरूको मृत्यु भएको पुष्टि गरेका छन्।

सती शरणार्थी शिविरमा इद मनाउन आफन्तलाई भेट्न गएको बेला उनीहरूलाई निशाना बनाइएको उनको भनाइ छ। ​ हानियाका अनुसार भतिजीसहित परिवारका करिब ६० सदस्य युद्ध सुरु भएदेखि मारिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.