नवलपरासी : नेकपा एमाले नवलपुरको अध्यक्षमा जीवन श्रेष्ठ निर्वाचित भएका छन्।
उपाध्यक्षमा यमुनाथ आचार्य, सचिवमा भीमलाल कँडेल, उपसचिवमा षडानन्द लामिछाने, महिला उपसचिवमा कल्पना देवकोटा निर्वाचित भएका छन्।
कमिटीमा दुई सदस्य पछि मनोनयन गरिने निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत रमेश काफ्लेले बताए।
नवौँ जिल्ला अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १०३ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित गरेको हो। सोमबार शुरु भएको नवौँ जिल्ला अधिवेशन बिहीबार राति सर्वसम्मत रूपमा जिल्ला कमिटी चयन गर्दै टुङ्गिएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।