|

काठमाडौं : साउदी सुपर कपको उपाधि अल हिलालले जितेको छ।  फाइनलमा अल इत्तिहाद माथि चार एक गोलको फराकिलो अन्तरको जित हात पारेको हो।

अबुधाबीस्थित मोहम्मद बिन जायद स्टेडियममा भएको खेलमा हिलालले पाँचौ मिनेटमा नै ब्राजिलियन फरवार्ड माल्कमको गोलमार्फत अग्रता लिएको थियो। 

२१ औं मिनेटमा इत्तिहादले खेल बराबरी गर्यो। अब्देर रजाक हमादल्लाहले गोल गरेपछि खेल एक एकको रोमान्चक मोडमा पुगेको थियो।

उनको पेनाल्टी हल हिलालका गोलकिपर यासिन बुनोउले रोकेका थिए। तर अब्देर रजाक रिबाउन्डमा गोल गर्न सफल भए। 

साउदी प्रो लिगको शीर्ष स्थानमा रहेको हिलाल पहिलो हाफमानै खेलमा फर्कियो। ४४ औं मिनेटमा सलिम अल्दासारीले पुन हिलाललाई दुई एकले अघि बढाए। ८९ औं  मिनेटमा माल्कमले पुन गोल गरेपछि इत्तिहाद दबाबमा आएको थियो।

इन्जुरी समयमा नासेर अल्दासारीको गोलसँगै हिलाल च्याम्पियन बन्यो। हिलालले चौथो पटक साउदी सुपर कपको उपाधि जितेको हो। 

इत्तिहाद र हिलाल पुनः अप्रिल ३० मा किङ कपको सेमिफाइनलमा आमनेसामने हुनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.