|

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाल र भारतबीचको सम्बन्ध अतुलनीय रहेको बताएका छन्।

स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र भारतीय दूतावास काठमाडौंद्वारा नयाँ वर्षको अवसरमा शनिबार जनकपुरधाममा आयोजित द्वितीय जनकपुरधाम सांस्कृतिक महोत्सव को उद्घाटन गर्दै मुख्यमन्त्री यादवले नेपाल-भारत बीचको सम्बन्ध हिमालभन्दा पनि उचो र समुद्रभन्दा पनि गहिरो रहेको बताए।

नेपाल भारत बीचको सम्बन्ध दुई देशको सरकारभन्दा पनि जनता जनता बिच रहेको उल्लेख गर्दै मुख्यमन्त्री यादवले भने, 'यो कुराको पुष्टि रामलालाको प्राण प्रतिष्ठा को बेला दुवै देशमा देखिएको हर्षोत्सवले गरिसकेको छ।'

सीमा क्षेत्रमा सुरक्षा र राजस्वको नाउँमा केही वर्षयता सर्वसाधारणसँग सुरक्षाकर्मीहरूबाट भइरहेको व्यवहारले दुई देश बीचको सदियौँ पुरानो सम्बन्धलाई नै खलल पुर्‍याउने कार्य भइरहेको  बोल्दै उनले त्यसमा सुधार ल्याउन नेपाल र भारत दुवै सरकारसँग आग्रहसमेत गरे।

भारतीय महावाणिज्य दूतावास वीरगंजका महावाणिज्यदूत देवी सहाय मीना र भारतीय राजदूतावास काठमाडौंका प्रथम सचिव गीतान्जली अध्यक्षतामा भएको उक्त कार्यक्रममा जनकपुरधाम उपमहानगरक प्रमुख मनोज कुमारसाह सहितका बक्ताहरुले सांस्कृतिक कार्यक्रमको सफलताको शुभकामना दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.