|
फाइल फोटो

काठमाडौं : सत्ता गठबन्धनको बैठक बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बिहान ९ बजे बोलाइएको छ। 

आजको बैठकमा सुदूरपश्चिम सरकार निर्माणमा देखिएको झमेला र संसदको अवरोधको बारेमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।  सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दाबी पेश गर्न प्रदेश प्रमुखले दिएको समय आज साँझ सकिन लागेको हो।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले आजको बैठकमा सुदूरपश्चिममा आफ्नो पार्टीले मुख्यमन्त्रीले दाबी पेश गर्ने बताएकी छन्। श्रेष्ठले मुख्यमन्त्रीमा कैलाश चौधरीलाई अघि सारेकी छन्। उनले आजै धनगढी जाने भन्दै त्यसअघि गठबन्धनको बैठक बस्न लागेको बताइन। तर संरक्षक रेशम चौधरी पक्षले लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीका रूपमा अघि सारेपछि विवाद छ।

नाउपाका संस्थापक केन्द्रीय सदस्य रमेश बिकले भने आइतबार कैलाश चौधरीले एमाले, माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्ने बताए।

गठबन्धनको बैठकमा आजदेखि अन्त्य हुन लागेको संसदको अधिवेशनका बारेमा पनि छलफल हुने बताइएको छ। आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ। आज हिउँदे अधिवेशनको अन्तिम बैठक हो।

आज रातिबाट अधिवेशन अन्त्यका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिग गरिसकेको छ। कांग्रेसले संसद अवरोध गरेकोले अधिवेशन अन्त्य गर्नुपर्ने सत्तारुढको तर्क छ भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफूहरुले संसदमा उठाउँदै आएका माग छल्न सरकारले संघीय संसदको हिउँदे अधिवेश नै अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको टिप्पणी गरेको छ। 

संसद बैठक बस्नु अघि कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.