|

काठमाडौं : पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले सबैलाई समेट्ने र सबैलाई मिलाएर लैजाने नेतृत्व आवश्यक रहेको बताएका छन्। आइतबार काठमाडौंमा स्व.सूर्यबहादुर थापाको नवौं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले अहिले देशमा पूर्वाग्रह नराख्ने, सबैलाई समेटेर लिने, सबैलाई मिलेर लैजाने एउटा परिस्थिति आवश्यक रहेको बताए। उनले उदयमान अर्थतन्त्रका दुई देश चीन र भारतबाट सिकेर नेपालले काम गर्न आवश्यक रहेको बताए। उनले राजनीतिक स्थिरता देशको लागि आवश्यक भएको बताए।

उनले भने, ‘मलाई लाग्छ अहिले देशमा पूर्वाग्रह नराख्ने, सबैलाई समेटेर लिने, सबैलाई मिलेर लैजाने एउटा परिस्थिति आवश्यक छ। त्यो संस्कृतिको आवश्यक छ। एकातिर चीन छ, एकातिर भारत छ, यो दुई वटा देशमा तीन कुराको समानता छ। एउटा समानता यो दुई वटै देशमा पोलिटिकल स्टाबलिटी छ। भारतमा १० वर्ष भयो, एउटा पार्टीले नेतृत्व लिएर शासन गरेको। मान्छेमा आशा जगाउन सकेको छ।’

पूर्वअर्थमन्त्री लोहनीले नेपाल राजनीतिक रुपमा अस्थिर, आर्थिक रुपमा कमजोर र राष्ट्रिय हितको पक्षमा खुट्टा कमाउने स्थितिमा पुगिरहेको बताए।

उनले कसैले कसैलाई निषेध नगरी राजनीतिक स्थिरता र आर्थिक विकासको नयाँ राजमार्गको परिकल्पनामा सहमति हुन जरुरी रहेको जिकिर गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.