|

काठमाडौँ : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आफ्नै बलबुतामा आफू अघि बढ्दै आएको बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालका कारण राष्ट्रियसभा अध्यक्षको जिम्मेवारी पाएको चर्चा भइइरहँदा उनले अहिलेसम्म आफ्नै प्रयासले यहाँसम्म आइपुगेको उल्लेख गरे। 

मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रममा अध्यक्ष दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल र आफूले २०२७ सालमा एकैदिन अनेरास्ववियुको सदस्यता लिएर राजनीति शुरु गरेको र आजसम्मसँगै काम गरेको पनि दोहो¥याए। 

प्रधानमन्त्री दाहाललाई आफूले कुनै पनि राजनीतिक गतिविधिमा नछाडे पनि उनकै निगाहामा आफूलाई राष्ट्रियसभाका अध्यक्ष बनाएको भन्ने टिप्पणीले आफू वाक्कदिक्क भएको प्रतिक्रिया दिए। 

अध्यक्ष दाहालले आफूले राष्ट्रियसभाको नेतृत्वमा रहेर कुनै पनि नराम्रो काम नगर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.