|

संखुवासभा : संखुवासभाको सभापोखरी गाउँपालिकामा नाबालिकालाई जबरजस्ती बलात्कार गरेको आरोपमा एकजना वृद्ध पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सभापोखरी गाउँपालिका–२ का ६४ का दिलबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अशोक जबेगुले जानकारी दिए।

आरोपित श्रेष्ठलाई प्रहरीले खाँदबारी नगरपालिका–१ स्थित बसर्पाकबाट सोमवार राति पक्राउ गरेको प्रहरी निरीक्षक जबेगुले बताए। उजुरीलगत्तै फरार भएका श्रेष्ठ भारतको सिलाङमा बस्दै आएका थिए।

प्रहरी निरीक्षक जबेगुका अनुसार विभिन्न प्रलोभनमा पारी पटक पटक २०८० साउन २० गतेसम्म जबरजस्ती बलात्कार गरेको आरोपमा पीडित परिवारले उजुरी दिएका थिए। 

उनलाई भारतबाट आउने क्रममा खाँदबारी–१  बसर्पाकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। 

पक्राउ परेका श्रेष्ठलाई जबरजस्ती करणी कसुर शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मुलुकी अपराध संहिता, २०७४ बमोजिम जबरजस्ती करणी मुद्दामा म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.