|

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्‌को सिफारिसमा डा अञ्जान शाक्यलाई राष्ट्रियसभाको रिक्त एक सदस्यमा मनोनीत गरेका छन्।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम नेपाल सरकारको सिफारिसमा शाक्यलाई सिफारिस गरेका हुन्।

मन्त्रिपरिषद्को बैठकले संखुवासभाकी शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। नेकपा एमालेको विदेश विभाग सचिवसमेत रहेकी शाक्य यसअघि इजरायलका लागि नेपाली राजदूतसमेत थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.