|

पाकिस्तानका विभिन्न क्षेत्रमा भारी वर्षा र चट्याङका कारण गत शनिबारदेखि ७१ जनाको मृत्यु भएको छ भने अन्य ६७ जना घाइते भएका छन्।

 राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणका एक अधिकारीले भने कि उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्त सबैभन्दा बढी प्रभावित क्षेत्र थियो जहाँ छत खस्ने र चट्याङका घटनाहरूसहित विभिन्न घटनाहरूमा ३२ जनाको ज्यान गएको थियो।

अधिकारीका अनुसार खैबर पख्तुनख्वामा मृत्यु हुनेमा १५ बालबालिका र पाँच महिला छन् भने ४१ जना घाइते भएका छन् भने १ हजार ३७० घरमा क्षति पुगेको छ।

अधिकारीले पूर्वी पञ्जाव प्रान्तमा २३ जनाको ज्यान गएको र सात जना घाइते भएको, दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा आठ जनाको मृत्यु र आठ जना घाइते भएको बताए। यस अवधिमा पाकिस्तान नियन्त्रित कश्मीरमा भारी वर्षाका कारण कम्तिमा आठ जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् र ४७ घरहरू ध्वस्त भएका छन्।

बुधवार एक सूचना जारी गर्दै अप्रिल १७ देखि अप्रिल २९ सम्म देशमा भारी वर्षा र हुरीबतास हुने सम्भावना रहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.