|
सांकेतिक तस्वीर

काठमाडौँ : चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे ५ लाख जनाले श्रम स्वीकृति लिएका छन्।

चैतमा मात्रै ७० हजार ९३३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। श्रम स्वीकृति लिनेमा ६४ हजार २४१ जना पुरुष र ६ हजार ६९२ महिला रहेको वैदेशिक रोजगार विभागका निर्देशक एवं सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिए।

“श्रम स्वीकृति लिनेमध्ये १३ हजार ३७३ जना अदक्ष अर्थात सीप नभएका, ५१ हजार ३२८ जना सीप भएका, ५ हजार ६८४ जना अर्धदक्ष, ४८२ जना व्यवसायिक दक्षता र ६६ जना उच्च दक्ष भएका छन्‚” उनले भने।

यसैगरी चालु आवको साउनमा ५५ हजार ५७५ जना, भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५ जना, कात्तिकमा ४३ हजार ६२२ जना, मङ्सिरमा ७१ हजार २७६ जना, पुसमा ६५ हजार ८१३ जना, माघमा ६२ हजार १४७ जना र फागुनमा ६५ हजार ६५८ जनाले श्रम स्वीकृति लिएर विदेश गएका विभागको तथ्याङ्कमा उल्लेख छ।

विभागको तथ्याङ्कअनुसार चैतमा मात्रै १७ हजार ८१८ जना नेपाली रोजगारीका लागि यूएई पुगेका छन्। 

सोही महिनामा साउदी अरेबियामा १३ हजार ६४१ जना, कतारमा ११ हजार २०४ जना, मलेशियामा १२ हजार ६०२ जना, कुवेतमा ४ हजार ७६ जना र बहराइनमा ९६४ जना पुगेका छन्।

रोमानियामा २ हजार २९९ जना, क्रोएसियामा ९६० जना, साइप्रसमा ७८१ जना, जापानमा १ हजार ३५१ जना, माल्दिभ्समा ४९३ जना, मौरिससमा ६२० जना र दक्षिण कोरियामा ६५७ जना रोजगारीका लागि गएका तथ्याङ्कले देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.