|

काठमाडौं : काठमाडौंका विभिन्न स्थानमा आज ९ घण्टासम्म विद्युत् अवरूद्ध हुने भएको छ। जोरपाटी वितरण केन्द्रको मूलपानी फिडर र डांछी फिडर तथा रत्नपार्क वितरण केन्द्रको अनामनगर फिडर अन्तर्गत पर्ने विभिन्न स्थानमा बिजुली आपूर्ति बन्द हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। 

लाइन सिफ्टिङ तथा केबल परिवर्तनका लागि फिडर सटडाउन गर्नुपर्ने भएकाले विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको सुचना जारी गर्दै जनाएको छ । मूलपानी फिडर अन्तरगत मूलपानी, सनसिटी, हरहर महादेव क्षेत्रमा बिहान १० बजेदेखि बेलुकी ५ बजे सम्म विद्युत कटौती हुनेछ । 

यस्तै डाँछी फिडर अन्तरगत माकलबारी, दक्षिणढोका, तिवारीटोल, डाँछी, भद्रबास, आलापोट, गागलफेदी र ग्रीनहिलसिटी क्षेत्रमा बिहान १० देखि दिउँसो साढे १२ बजे सम्म बिजुली आउने छैन। 

रत्नपार्क वितरण केन्द्रको अनामनगर फिडर अन्तर्गत पर्ने पानीट्यांकी, अनामनगर पूर्वी गेट हुँदै हनुमानस्थान, सिंहदरबार दक्षिणगेट हुँदै अन्नपूर्ण न्यूरो अस्पताल, प्रभु बैंक अगाडि धोबीखोला हुँदै सेतोपुल, मैतीदेवी जालीकारखाना, घट्टेकुलो, गोरखा एफएम लगायतका क्षेत्रमा बिहान ८ बजेदेखि कटौती गरेको विद्युत साँझ ५ बजेपछि मात्रै  नियमित हुने प्राधिकरणले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.