|
फाइल तस्वीर

मनाङ : विकट जिल्ला मनाङ भ्रमणमा आएका ५ जना विदेशी पर्यटक लेक लागेर विरामी परेपछि उनीहरुको उद्धार गरिएको छ। आज मनास्लु पदमार्गअन्तर्गत नासों गाउँपालिका–७ भिमताङबाट उनीहरुको उद्धार गरिएको हो।

लार्केपास गइरहेका ५ जना पर्यटकको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए।

उनका अनुसार भिमताङबाट हेलिकप्टरमार्फत पर्यटकको उद्धार गरिएको हो। चामेमा ल्याएर सामान्य उपचारपछि उनीहरुलाई काठमाडौँ पठाइएको छ। 

दक्षिण अफ्रिकाका २ जना, न्युजिल्याण्डका २ जना र एकजना पथप्रदर्शकको उद्धार गरिएको प्रजिअ लामिछानेले बताए। उनका अनुसार लेक लागेर पर्यटक विरामी भएपछि हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि लगिएको हो। 

“तापक्रम नमिल्दा विरामी पर्नसक्ने भएकाले पर्यटक सचेत भएर आउन मेरो आग्रह छ‚’ उनले भने, ‘यहाँको यात्रामा सवारीसाधनको उपलब्ध हुन कठिन भएकाले सचेतता अपनाउनुपर्छ।”

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.