काठमाडौं : चैत्र शुक्ल पूर्णिमा (ल्हुति पुन्हि) का अवसरमा बालाजु २२ धारामा बाइसधारा मेला लागेको छ।
बाइसधारामा स्नान गरे मुक्तिनाथ तथा गोसाइँकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने जनविश्वास छ।
बालाजु २२ धारा मेला व्यवस्थापन समितिका संयोजक गौतम प्रजापतिले मेला भर्न बिहानैदेखि भक्तजनको घुइँचो लागेको बताए।
मेला पाँच दिन चल्नेछ।
तस्विरमा हेर्नुहोस् बालाजु २२ धाराको मेला
तपाईंको ईमेल गोप्य राखिनेछ ।