|

डुंगाको माध्यमबाट इङ्लिस च्यानल पार गरेर आउने शरणार्थीलाई रुवाण्डा पठाउने महत्त्वाकांक्षी विधेयक बेलायतको संसदबाट पारित भएको छ । 

प्रधानमन्त्री ऋषि सुनकको लामो समयको प्रयास र विपक्षी दलको लामो अवरोधपछि विधेयक बेलायतको हाउस अफ लर्डसबाट बाट पारित भएको हो । हाउस अफ कमन्सबाट पास भएर लामो समय अड्किएको यो विधेयकले अब राजाबाट प्रमाणीकरण भएपछि कानूनी रूप लिनेछ। प्रधानमन्त्री सुनकले यो विधेयक पारित भएसँगै आगामी १०–१२ हप्तामै बेलायतबाट शरणार्थीलाई रुवाण्डा पठाउन शुरु हुने सुनकले बताए। 

बेलायत सरकारको रुवाण्डा योजना यसअघि अदालतले गैरकानूनी भनेर रोकिदिएको थियो। अदालतले शरणार्थीलाई रुवाण्डा पठाउने योजना मानवअधिकार तथा शरणार्थी अधिकारको विरुद्ध भएको फैसला गरेको थियो। अहिले कानून नै बनेपछि बेलायतले ठूलो संख्यामा अब अफ्रिकी शरणार्थीलाई मध्य अफ्रिकी देश रुवाण्डा पठाउनेछ। 

बेलायतले शरणार्थी पठाउन सन् २०२३ को अन्त्यसम्ममा रुवाण्डालाई २४ करोड पाउण्ड भुक्तानी गरिसकेको छ। अब शरणार्थी पठाउँदा प्रत्येक शरणार्थी बराबर २० हजार देखि डेढ लाख पाउण्ड अतिरिक्त भुक्तानी गर्नेछ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.