|

दक्षिणी गाजामा नगरपालिकाका सेवाहरू ठप्प हुँदा बासिन्दाहरू बढ्दो फोहोरको सामना गर्न बाध्य भएका छन्। ४५ वर्षीय इमाद अदुल रहमानले घरको फोहोर फाल्न दैनिक दुई किलोमिटर पैदल यात्रा गर्नुपर्ने समस्या रहेको बताए। उनले फोहोरका कारण लामखुट्टे लगायतका समस्याबाट ग्रस्त भएको बताए।

फोहोरका कारणले बालबालिकाहरू बिरामी भएको बताए। फोहोरको समस्या छिटै समाधान गर्ने कुरामा आफूहरू विश्वस्त रहेको बताए।

रहमानले लामो समयसम्म सेवा नहुँदा उनीहरूको बस्ने ठाउँमा फोहोर र ढल जम्मा भएको बताए। गत अक्टोबरमा इजरायल र हमासबीचको द्वन्द्व सुरु भएदेखि सहरमा नगरपालिका सेवाहरू बन्द छन्। यसले १.५ मिलियन भन्दा बढी शरणार्थीहरूको घर, सघन जनसंख्या भएको सहरमा स्वास्थ्य जोखिमहरू खडा गरेको छ।

हमासद्वारा सञ्चालित सरकारी मिडिया कार्यालयका प्रमुख सलामा मारुफले गाजा पट्टी अभुतपूर्व स्वास्थ्य समस्या र वातावरणीय प्रदूषणको सामना गरिरहेको चेतावनी दिँदै विश्वलाई गाजाको लुकेको संकटमा ध्यान दिन आग्रह गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.