|
फाइल

काठमाडौं : छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।

सुर्खेत, भेरीगंगा नगरपलिका-५ रत्न राजमार्ग सडकमा नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको भे.१ प ७२१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक बाँके नेपालगञ्ज उपमहानगरपालिका-१० बस्ने २८ वर्षीय अजित केसीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई माया पोलिक्लिनिक छिन्चु सुर्खेत हुँदै थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ रिफर गरिएको छ।

कास्की, पोखरा महानगरपालिका-१४ चाउथेस्थित सडकमा बा.१ प १३३८ नम्बरको बस र ग.२४ प ३२९५ नम्बरको स्कुटर ठक्कर खाई मंगलबार राति दुर्घटना हुँदा स्कुटरमा सवार सोही महानगरपालिका-१४ बस्ने १९ वर्षीय खुसी प्रधानको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई  प्रहरीले नियन्त्रणमा लिएको छ।

दाङ, लमही नगरपालिका-७ स्थित सडकमा रोकी राखेको लु.१ ख ९५७० नम्बरको ट्रकमा प्रदेश नम्बर ०३-२००९ प ९८५८ नम्बरको मोटरसाइकल ठक्कर खाई मंगलबार राती दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४३ वर्षीय महेन्द्र गिरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको लमही अस्पताल लमहीमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा  लिएको छ।

झापा, शिवसताक्षी नगरपालिका-८ स्थित सडकमा मे.३ प ५००१ नम्बरको मोटरसाइकल र प्र १-०१-००१ च ९३२९ नम्बरको बोलेरो गाडी एकआपसमा ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो। बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.