|

तुलसीपुर : दाङको शान्तिनगरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। घाइतेमध्ये एकजना गम्भीर घाइते भएका छन्।

पश्चिमदेखि तुलसीपुर जाँदै गरेको रा ५ प ९३२२ नम्बरको मोटरसाइकलले शान्तिनगर-७ खैरेनी प्रतीक्षालय नजिकै पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल दुर्घटना भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख अजयजंग थापाले जानकारी दिए।

उनका अनुसार मृत्यु हुनेमा पैदलयात्री सल्यान घर भई हाल शान्तिनगर– ७ खैरेनी बस्दै आएका ७२ वर्षीय शमशेर थापा रहेका छन्।

उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा बेलुका करिब पौने ७ बजेतिर मृत्यु भएको हो। घाइते हुनेमाबबई-३ हंसपुरका ३० वर्षीय मोटरसाइकल चालक कमल विक‚ मोटरसाइकल पछाडि बसेका बाँके घर भएका २५ वर्षीय प्रकाश रसाइली रहेका छन्।

घाइतेमध्ये रसाइली गम्भीर घाइते भएका छन्। उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि बाँके नेपालगञ्ज रिफर गरिएको छ। विकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.